सोमबार, जेठ २७, २०८२

इन्फिनिटी लघुवित्तको प्रमुख कार्यकारीमा पन्त

नेपालखोज २०८२ जेठ २७ गते ११:४६

काठमाडौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानीश्वर पन्त नियुक्त भएका छन् ।

संस्थाको यही जेठ २४ गते बसेको सञ्चालक समितिको ११५औँ बैठकबाट मिति २०८२/०२/२५ देखि २०८६/०२/२४ सम्म ४ वर्षे कार्यकालका लागि पन्तलाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

नवनियुक्त प्रमुख कार्यकारी पन्तको लघुवित्त क्षेत्रमा जम्मा १२ वर्ष भन्दा बढी कार्यानुभव रहेको छ । उनले यसअघि यही संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत-कम्पनी सचिवको भुमिका निर्वाह गरेको संस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया