कोरोना अपडेट : नेपालमा आज १२४६ जनामा संक्रमण, १२४३ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभरबाट थप एक हजार २४६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २४६ संक्रमित थपिएका हुन् ।
यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार २४३ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्यसैगरी हालसम्म ४२ हजार ९४९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६४१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
आजसम्म ८ लाख ८२ हजार ९१५ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन ७ हजार ९०३ जना र होम आइसोलेसनमा ८ हजार ३३८ जना रहेका छन् ।
आजसम्म देशभर ७ हजार ८८३ जना क्वारेन्टिनमा रहेका छन् । देशभर ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १८२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
प्रतिक्रिया