शनिबार, जेठ ३२, २०८२

आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण

नेपालखोज २०८२ जेठ ३१ गते ८:५३

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले परम्परागत आरन सुधारका लागि अनुदानमा आधुनिक औजार वितरण गरेको छ ।

पालिकाक्षेत्रमा लामो समयदेखि आरन सञ्चालन गर्दै आएका १४ जनालाई आधुनिक औजार उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

अध्यक्ष भट्टले परम्परागत पेसालाई संरक्षण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न त्यसलाई प्रविधिमैत्री बनाउँदै लैजाउनुपर्ने आवश्यकता रहेको बताए ।

पालिकाले प्रत्येक व्यवसायीलाई रु तीस हजारभन्दा बढीका औजार उपलब्ध गराएको उनले जानकारी दिए । आरन सुधार कार्यक्रमअन्तर्गत पालिकाले व्यवसायीलाई विद्युतीय पङ्खा, सुरक्षित पञ्जा, ग्रेडरलगायत सामग्री प्रदान गरेको हो ।

प्रतिक्रिया