न्यायाधीशमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग
नेपालखोज
२०८२ जेठ ३१ गते २०:२९

काठमाडौं । नेपाल कानुन समाजले न्यायाधीशमाथि कार्यस्थलमै भएको अभद्र व्यवहारप्रति भत्र्सना गरेको छ ।
समाजले आज विज्ञप्ति जारी गरी बिहीबार उच्च अदालत जनकपुरअन्तर्गतको अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्वय डा खुशीप्रसाद थारू र अर्जुन महर्जनको इजलासमा केही व्यक्तिबाट भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हो ।
न्यायाधीशको कामकारबाही र आचरणको अनुगमन तथा सुपरीवेक्षण गर्ने जिम्मेवारी न्याय परिषद्को भएको उल्लेख गर्दै समाजका अध्यक्ष पुष्पा भुसालद्वारा आज जारी विज्ञप्तिमा न्याय सम्पादनको सिलसिलामा गरिएका निर्णयलाई लिएर दुव्र्यवहार गरिनु न्यायपालिकाप्रतिको आक्रमण भएको बताए । यसखालका घटनाबाट न्यायपालिकाको स्वच्छता र मर्यादामा प्रतिकूल प्रभाव पार्ने समाजको ठम्याइ छ ।
समाजले उक्त घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया