आइतबार, असार १, २०८२

गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको २३औँ वार्षिकोत्सव सम्पन्न

नेपालखोज २०८२ जेठ ३२ गते १६:४४

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैकिङ सेवा प्रदान गर्दै आएको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ७ वर्षदेखि बुंगमती, ललितपुर स्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २३औँ वार्षिकोत्सवको उपलक्ष्यमा समेत उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासंग सम्झौता गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

वार्षिकोत्सवको अवसरमा फाइनान्सले २०८२ जेठ ३० गते नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सचांर सेवा केन्दको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत वर्षदेखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागिता जनाउँदै आईरहेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिइने संस्थाका सूचना अधिकारी तथा सहायक महाप्रबन्धक अर्चना प्रधानले बताइन ।

संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टबाट सेवा प्रदान गर्दै एटिएम सेवा, सेफ डिपोजिट, लकर सेवा, डिम्याट खाता, मोबाइल बैकिङ सेवाहरु जस्ता आधुनिक बैकिङ सेवाहरु प्रदान गर्दै आईरहेको बताइएको छ ।

संस्थाले आफ्नो २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण ग्राहक तथा शेयरधनी महानुभावहरु, शुभचिन्तक, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरु प्रति आभार प्रकट गरेको छ ।

साथै आगामी दिनहरुमा अझ सुदृढ, सरल, विश्वसनिय तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया