पश्चिम इरानदेखि तेहरानसम्म ‘हवाई स्वतन्त्रता’ सिर्जना गरेको इजरायलको दाबी

जेरुसेलम । इजरायली सेनाले इरानको पश्चिमी भागदेखि तेहरानसम्मको हवाई क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको शनिबार जनाएको छ ।
इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले भन्नुभयो, “हामीले पश्चिम इरानबाट तेहरानसम्म ‘हवाई स्वतन्त्रता’ सिर्जना गरेका छौँ । इरानको राजधानी पश्चिममा इराकसँगको सीमाबाट करिब ४५० किलोमिटर ९२८० माइल० टाढा छ ।
‘तेहरान अब सुरक्षित छैन’, डेफ्रिनले पत्रकारहरूसँग भने, ‘लगभग ७० इजरायली लडाकू विमानहरूले इस्लामिक गणतन्त्र इरानविरुद्ध इजरायलको हवाई अभियानको दोस्रो दिन रातभर शहरका ४० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेका थिए ।
डेफ्रिनका अनुसार इजरायली जेटविमानले पहिलो पटक ‘यो विशेष हवाई क्षेत्रमा’ प्रवेश गरी कारबाही भरेका थिए र अहिले ‘तेहरानमाथि स्वतन्त्र रूपमा’ उडान गरिरहेका छन् ।
इजरायलले शुक्रबार इरानमाथि गरेको आकष्मिक आक्रमणमा २०० भन्दा बढी सैन्य तथा आणविक स्थलमा निशाना बनाएको र इरानी सेनाका शीर्ष कमाण्डर, आणविक वैज्ञानिक र अन्य वरिष्ठ अधिकारीको मृत्यु भएको डेफ्रिनले जनाए ।
पहिलो चरणको आक्रमणमा परी ७८ जनाको मृत्यु भएको र ३२० जना घाइते भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।त्यसको बदलामा इरानले शनिबार इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दा तीन जनाको मृत्यु हुनुका साथै अन्य ७० भन्दा बढी घाइते भएका र कैयौँ शहरमा क्षति पुगेको थियो । -रासस/एएफपी
प्रतिक्रिया