कस्तो छ आजको मौसम ?
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज देशका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको छ । अहिले प्रदेश नं ५, गन्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र वाग्मति प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । आज देशभर सामान्यतया बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ नं, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नं ५ का एक दुई स्थानमा भने भारी वर्षाका सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना छ भने गण्डकी प्रदेश, प्रदेश नं ५, र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया