मंगलबार, असार ३, २०८२

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ?

नेपालखोज २०८२ असार ३ गते १०:५४

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम थियो ।

यसैबिच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य मंगलबार तोलामा १ हजार १६० रुपैयाँ कायम भएको हो । सोमबार तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया