एससिटी-युपिआई कार्डका ग्राहकलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड एससिटीलेजारी गर्दै आएको एससिटी-युपिआई कार्डका सम्पूर्ण ग्राहकलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट हुने भएको छ ।
समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकको यात्रा अझ सहज र शुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यो अफर ल्याएको हो । अफर अन्तर्गत ग्राहकले आफ्नो एससिटी-युपिआई कार्डबाट पस मेसिनमार्फत टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउने छन् ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससिटी–युपिआई कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।
एससिटी-युपिआई कार्ड नहुने ग्राहकले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससिटी-युपिआइ कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने छन् ।
प्रतिक्रिया