मंगलबार, असार ३, २०८२

इरानबाट नागरिक निकाल्ने तयारीमा अस्ट्रेलिया सरकार

नेपालखोज २०८२ असार ३ गते १४:४५

क्यानबेरा । अस्ट्रेलियाली सरकारले इरानबाट नागरिकहरू निकाल्ने तयारी गरिरहेको मङ्गलबार एकजना वरिष्ठ अधिकारीले बताएका छन् । रक्षा तथा उद्योगमन्त्री प्याट कोनरोयले मङ्गलबार अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबिसी) रेडियोलाई सरकारले द्वन्द्वको बीचमा इरान छोड्न चाहने नागरिकहरूलाई उद्धार गरी निकाल्ने योजना बनाइरहेको बताए ।

अहिले हवाई क्षेत्रहरू बन्द छन्, त्यसैले विमानहरू भित्र छिर्न र बाहिर निस्कन सक्दैनन्, तर हामी अस्ट्रेलियालीहरूलाई निकाल्ने वा ती क्षेत्रहरू फेरि खुल्दा उनीहरूलाई व्यावसायिक उडानहरूमा जान सहयोग गर्ने योजनाहरू तयार गरिरहेका छौँ, उनले भने ।

यस क्षेत्रमा हाल रहेका सबै अस्ट्रेलियालीलाई विदेश मामिला तथा व्यापार विभाग (डिएफएटी) मा दर्ता गर्न सल्लाह दिइएको छ । विदेशमन्त्री पेनी वोङले सोमबार तीन सय ५० अस्ट्रेलियाली नागरिकले इरान छोड्ने इच्छा बारे डिएफएटीलाई सल्लाह दिएका थिए र तीन सय नागरिकले इजरायलका लागि त्यसो गरेका थिए ।

थप दर्ता हुने अपेक्षा गरिएको छ । वोङले सरकारले मानिसहरूलाई सुरक्षित रुपमा उद्धार गर्न मद्दत गर्न विभिन्न योजनाहरूमा काम गरिरहेको बताए ।

प्रतिक्रिया