मंगलबार, असार ३, २०८२

३.९० अंकले घट्दा सात अर्ब ६५ करोडको शेयर किनबेच

नेपालखोज २०८२ असार ३ गते १५:३६

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से सुचक तथा कारोबार रकम दुबै घटेको छ । नेप्से आज भने ३ दशमलव ९० अंकले घटेर २६ सय ५४ दशमलव ७५ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरुको ७० हजार ७७ पटकको कारोबारमा एक करोड ६४ लाख ७७५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ६५ करोड ३२ लाख ४९ हजार तीन सय १२ रुपैयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सुचक घटेका छन् । याे मध्ये जलबिद्युत समूहको सूचक ९ दशमलव ८५ अंकले बढेर तीन हजार ६४९ बिन्दुमा चढेकोम लघुवित्त समूहको सूचक ५१ दशमलव ७७ अंकले बढेर चार हजार ७४७ दशमलव ५० अंकमा पुगेको छ भने व्यापार समूहको सूचक ५ दशमलव ४ अंकले बढेको छ । यि बाहेक बाँकी समूहहरुको सूचक भने घटेका छन् ।

जसमध्ये वाणिज्य बैंक समूहको सूचक ६ दशमलव १२ अंकले घटेर १३ सय ४७ दशमलव ४९ अंकमा झरेकोमा विकास बैंक समूहको सूचक ११ दशमलव २६ अंकले घटेर ५४ सय ४५ दशमलव ४८ अंकमा झरेको छ । फाइनान्स समूहको सूचक ११ दशमलव ८२ अंकले घटेर २ हजार ३९८ दशमलव ३८ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक ६१ दशमलव ३० अंकले घटेर १२ हजार ७३० दशमलव ७० अंकमा झरेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा पियोर इर्नर्जी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीको सुचीमा भने पहिलो स्थानमा सानिमामाई हाईड्रोपावर कम्पनी परेको छ ।

प्रतिक्रिया