बुधबार, असार ४, २०८२

प्रतिनिधिसभाको बैठक बिहीबार सम्मका लागि स्थगित

नेपालखोज २०८२ असार ३ गते १७:०४

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बैठक सञ्चालनको वातावरण नभएपछि सभामुख देवराज घिमिरेले बैठक सारेका हुन् ।

बैठक सूचना टाँस गरेर बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले सहमति कायम गर्न दलहरूलाई भोलिको समय दिएका छन् ।

यसअघि मंगलबार बसेको बैठक प्रतिनिधिसभाको चौथो ठूलो दल रास्वपाले अवरोध गरेपछि केहीबेरमै आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया