होटेल हिमालय सेरेन भ्यू र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं । पोखरा महानगरपालिका-३१, बेगनासताल, कास्कीस्थित होटेल हिमालय सेरेन भ्यू र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन । सो छुट सेवा सुविधा होटल हिमालय सेरेन भ्यूमा प्राप्त गर्न सकिनेछ ।
उक्त सम्झौतापत्रमा होटेल हिमालय सेरेन भ्यूका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो ।
त्यसैगरी, ग्राहकको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ’बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालय, २८४ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।
साथै प्रभु बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।
प्रतिक्रिया