राष्ट्रपतिले गरे सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण
नेपालखोज
२०८२ असार ४ गते १६:०७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
उनले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया