बुधबार, असार ४, २०८२

भारतीय विमान दुर्घटनामा ज्यान गुमाएका २०० भन्दा बढीको सनाखत

नेपालखोज २०८२ असार ४ गते २०:५४

अहमदाबाद । एयर इन्डियाको विमान दुर्घटनामा परी ज्यान गुमाएका कम्तीमा २०० भन्दा बढी पीडितको डिएनए परीक्षणका माध्यमबाट पहिचान गरिएको भारतीय अधिकारीहरुले बुधबार बताएका छन् ।

लण्डनका लागि उडेको विमान अहमदाबादको एक आवासीय क्षेत्रमा ठोक्किँदा विमानमा सवार चालक दलका सदस्यसहित २४२ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

विमान अहमदाबादको एक भवनमा ठोक्किँदा विमानबाहिरका कम्तीमा ३८ जनाको मृत्यु भएको थियो । व्यथित आफन्तहरूले आफ्ना प्रियजनहरूलाई पहिचान गर्न मद्दत गर्न डीएनए नमूनाहरू प्रदान गरिरहेका छन्।

अहमदावादको गुजरात राज्यका गृहमन्त्री हर्ष साङ्घवीले एक्समा लेखेका छन्, ‘दिउँसो २ बजेसम्म २०२ वटा डिएनए (नमूना) मिलेको छ ।’ बोइङ ७८७–८ ड्रिमलाइनर उडेको केही क्षणमै दुर्घटनाग्रस्त भएको थियो ।

भारतीय अधिकारीहरूले विमान दुर्घटनाको कारण बताउन सकेका छैनन् र बेलायत र संयुक्त राज्य अमेरिकाका अनुसन्धानकर्ताहरू अनुसन्धानमा सामेल भएका छन् ।

अनुसन्धानकर्ताहरूले घटनास्थलबाट बरामद गरिएका ब्ल्याक बक्सहरू ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डरबाट महत्वपूर्ण जानकारीहरू सङ्कलन गर्ने लक्ष्य राखेका छन् ।

भारतको विमान दुर्घटना अनुसन्धान विभागले यसै वर्ष ब्ल्याक बक्सको विश्लेषण गर्न सकिने प्रयोगशालाको स्तरोन्नती गरेको छ । दुर्घटनापछि नागरिक उड्डयन नियामक निकायले एयर इन्डियाको ड्रिमलाइनरको निरीक्षण गर्न आदेश दिएको थियो । रासस/एएफपी

प्रतिक्रिया