बिहीबार, असार ५, २०८२

पहिलो बैठकमै उद्योगमन्त्रीको अनुपस्थिति, सांसदहरुको आपत्ति

नेपालखोज २०८२ असार ५ गते १२:४७

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगमन्त्री उपस्थीत नभएपछि सांसदहरुले आपत्ति जनाएका छन् ।

नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी उपस्थीत नभएपछि सांसदहरुले आपत्ति जनाएका हुन् ।

मन्त्री उपस्थीत नभएका कारण सांसदहरुले धारणा राख्न नमानेपछि बैठक स्थगित गरिएको छ । बैठकमा माओवादी सांसद सूर्य मान तामाङ (दोङ)ले उद्योगमन्त्रीको कार्यशैलीमाथि आफुहरुलाई शंका लागेको बताए । समितिले बोलाउदा पनि मन्त्री नआएकाले बैठक अघि बढ्न नसक्ने उहाले बताए ।

समिति सभापति अव्दुल खानले नुनको बिषयमा छलफल गर्न बोलाउदा पनि मन्त्री नआएकाले गम्भीर ध्यानाकर्षण भएको बताए ।

प्रतिक्रिया