बिहीबार, असार ५, २०८२

दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु

नेपालखोज २०८२ असार ५ गते १६:४७

नयाँदिल्ली । भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा भएको सडक दुर्घटनामा एक बच्चा र एक महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीले बिहीबार पुष्टि गरेको छ ।

एक बालकसहित अन्य तीन जना घाइते भएका छन् र उनीहरूलाई नजिकैको सरकारी अस्पतालमा भर्ना गरिएको छ । राज्यको पुणे जिल्लाको जेजुरी–मोरगाँव रोडमा निकै तीव्र गतिमा गइरहेको निजी कार रोकेर राखेको गाडीमा ठोक्किँदा सडक दुर्घटना भएको हो ।

कारको अगाडिको भाग नराम्ररी बिग्रिएको थियो र भित्र फसेका मानिसहरूलाई बाहिर निकाल्न ग्यास–कटरहरू प्रयोग गर्नुपरेको थियो ।

प्रतिक्रिया