संघीय निजामती विधेयकका विषयमा माओवादीले राजनीति गर्न खोजेको बर्तौलाकाे आरोप
नेपालखोज
२०८२ असार ५ गते १७:००

काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका बिषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले निजामती विधेयकलाई रोक्ने सरकारको कुनै योजना नरहेको भन्दै यस बिषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाए । सरकारकै पहलका कारण उक्त विधेयक समितिबाट छिटो पारित भएर संसदमा आएकाले प्रतिपक्षीले अनावश्यक राजनीति गर्न जरुरी नरहेको उनले बताए ।
बर्तौलाले प्रधानमन्त्रीले समेत उक्त विधेयक छिटो पारित गर्ने वातावरण बनाउन निर्देशन दिइसक्नुभएको जानकारी दिए । निजामति विधेयकका सन्दर्भमा कुनै आशंका नगर्न उहाले आग्रह गरे । बर्तौलाले असार १५ गते अगाडी नै सम्बन्धीत बिभागीय मन्त्रीसंग छलफल गरेर उक्त विधेयकलाई सदनबाट अघि बढाइने दावी गरे ।
सम्बन्धित
प्रतिक्रिया