शुक्रबार, असार ६, २०८२

रास्वपाले आज पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिस्कार

नेपालखोज २०८२ असार ६ गते १२:४२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ । बैठकमा बजेटमाथि मन्त्रालयगत छलफल सुरु भएसँगै रास्वपाले बैठक बहिस्कार गरेको हो ।

त्यसअघि रास्वपाका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध जनाएका थिए । रास्वपाको विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदसँग प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।

रास्वपाका सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुराको सुनुवाइ पनि नहुने भएकोले बैठक बहिस्कार गरिएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया