‘भिजिट भिसा प्रकरणमा प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग सहमति गर्नु आवश्यक छैन’

काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसंग सहमति भइसकेकाले अन्य दलसंग सहमति गर्नु आवश्यक नरहेको बताएका छन् ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने भन्दै दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने बताएका हुन् । उनले भिजिट भिसा प्रकरणमा माओवादीसंग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे ।
संसदीय प्रणालीमा मुख्य बिपक्षी दल नै मुख्य हुने भएकाले माओवादीसंग भएको समझदारी बमोजिम नै सदन अघि बढिरहेको उहाले बताए ।
त्यस्तै बर्तौलाले रास्वपाले उठाएका बिषयलाई समाधान गर्न सरकारले नै प्रतिवद्धता जनाइसकेको अवस्थामा नीलो रिबन र कालो लुगा लगाएर रास्वपाका सांसदहरुले स्टन्ड गर्न खाजेको जिकिर गरे ।
प्रतिक्रिया