शुक्रबार, असार ६, २०८२

काभ्रेको रोशी खोलामा फसेका ५ जनाको सकुशल उद्वार

नेपालखोज २०८२ असार ६ गते १५:४८

काठमाडौं । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका-५ र ७ को बीच भागमा रहेको रोशी खोलामा फसेका ५ जनाको असार ५ गते सकुशल उद्वार गरिएको छ ।

ढुंगा संकलन गर्न गएका उनीहरु खोलामा पानीको बहाव बढेपछि बीच भागमा फसेका थिए । उनीहरुले प्रयोग गर्दै गरेको १ वटा जे.सि.बी. र १ वटा टिपर समेत फसेको थियो ।

याे बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेश पनौतीबाट सशस्त्र प्रहरी नायव निरीक्षक भिमसेन के.सी.को कमाण्डमा खटिएको सुरक्षा फौजसँगै नेपाली सेना र नेपाल प्रहरीसहितको टोली उनीहरुको उद्वारमा खटिएको थियो ।

प्रतिक्रिया