शुक्रबार, असार ६, २०८२

तिलोत्तमामा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सुरु

नेपालखोज २०८२ असार ६ गते १९:०१

लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्रिमसन अस्पतालले आजदेखि आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सेवा सुरु गरेको छ ।

अस्पतालमा आमा तथा नवजात शिशु कार्यक्रमसँगै अत्याधुनिक सुविधा सम्पन्न शल्यक्रिया कक्षको आज नगर प्रमुख रामकृष्ण खाणले उद्घाटन गरे ।

नगरप्रमुख खाणले नगर क्षेत्रका हरेक नवजात शिशु स्वस्थ भएर जन्मने गरी सेवा प्रदान गर्न गर्भवती परीक्षण निःशुल्क गरिएको जानकारी गराए । उपप्रमुख जागेश्वर देवी चौधरीले अस्पतालमा थपिएका सेवा सुविधाले आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सञ्चालक समिति अध्यक्ष दुर्गाप्रसाद पाण्डेले क्रिमसनलाई यस क्षेत्रको उत्कृष्ट अस्पताल बनाउन आवश्यक सेवा सुविधा थप्दै लैजाने प्रतिबद्धता जनाए । उनले आमा तथा जवजात शिशु सुरक्षा कार्यक्रमबाट सुत्केरी सेवा र नवजात शिशुको उपचार निःशुल्क हुने उल्लेख गर्दै बिरामीले पाउने गुणस्तर उच्चस्तरको हुने जानकारी दिए ।

यस अस्पतालमा २४ सै घण्टा आकस्मिक उपचार सेवा, क्याथ ल्याब, आइसियु, एनआइसियु, न्युरो सर्जरी आइसियु, सिसियु, मिर्गौला डायलासिस, सिटीस्क्यान, सिटिभिएस सर्जनरी (मुटु, छाति, ग्यास्ट्रोलोजी सेवा तथा नशा शल्य चिकित्सा) अत्याधुनिक प्रयोगशाला, इसिजी, डिजिटल एक्सरेलगायतका सेवा उपलब्ध छन् ।

प्रतिक्रिया