बिहीबार, असार १९, २०८२

कोरोना अपडेट : आज सबैभन्दा बढी २ हजार २० संक्रमित थपिए

नेपालखोज २०७७ असोज २ गते १६:४६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा सबैभन्दा दुई हजार २० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बोल्दै प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा देशभर दुई हजार २० संक्रमित थपिएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या यससँगै कुल संक्रमितको संख्या ६१ हजार ९ सय ९३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय ७१ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको कुल संख्या ४३ हजार ८ सय २० पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव १ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ९४ हजार ३७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ३९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ७३६ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया