शनिबार, असार ७, २०८२

गैर आवासीय नेपाली संघका अध्यक्ष श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा स्वागत

नेपालखोज २०८२ असार ७ गते १५:१८

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठलाई अमेरिकास्थित नेपाली दूतावासमा राजदूत लोक दर्शन रेग्मीले स्वागत गरेका छन् ।

शुक्रबार वासिङ्टन डीसीमा आयोजित कार्यक्रममा राजदूत रेग्मीले अध्यक्ष श्रेष्ठसहितको टोलीलाई स्वागत गर्दै एनआरएनएको विश्वव्यापी सञ्जाल र यसले प्रवासी नेपालीहरूको हितमा पु¥याएको योगदानको प्रशंसा गरे । राजदूत रेग्मीले एनआरएनएले नेपाल र नेपाली डायस्पोराबीचको सम्बन्धलाई सुदृढ गर्न खेलेको भूमिकाको कदर गर्दै अध्यक्ष श्रेष्ठको नेतृत्वमा संघले थप उपलब्धिहरू हासिल गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले नेपाली दूतावासको आतिथ्यताप्रति आभार प्रकट गर्दै एनआरएनएको हालै मे ३-४, २०२५ मा काठमाडौंमा सम्पन्न एकता महाधिवेशनबाट आफ्नो नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिको वैधानिकता र परराष्ट्र मन्त्रालयले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।

उनले भने, ‘हाम्रो उद्देश्य प्रवासी नेपालीहरूको हकहित संरक्षण गर्नुका साथै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्याउनु हो ।’

याे अवसरमा नेपाली समुदायका अगुवाहरू, एनआरएनएका पदाधिकारीहरू र दूतावासका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष श्रेष्ठले अमेरिकास्थित नेपाली समुदायलाई एकजुट भएर नेपालको विकासमा थप योगदान गर्न आह्वान गरे । नेपालको कूटनीतिक नियोग र एनआरएनएबीचको सहकार्यले भविष्यमा थप सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया