आइतबार, असार ८, २०८२

नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग छ : उपाध्यक्ष घिमिरे

नेपालखोज २०८२ असार ७ गते १७:३७

काठमाडाैं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताएका छन् । नेपाल र चीन बिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा काठमाडाैंमा शनिबार आयोजना गरिएको ‘अ विन्डो टु चाईना सिजाङ’ कार्यक्रमलाई सम्बोधन गर्दै एक चीन निती प्रतिको प्रतिबद्धता दोहोर्याए ।

उपाध्यक्ष घिमिरेले एक चीन नीतिमा नेपालको आधारभूत अडानलाई आन्तरिक र बाह्य परिस्थितिको बदलावले प्रभाव नपार्ने बताउँदै हाम्रो भूमिमा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो प्रतिबद्धता दोहोर्याउन चाहन्छौ भने ।

उनले भने, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताउँदै भेटले नेपाल-चीन सम्बन्धका बारेमा जानकारी आदानप्रदानका साथै द्विपक्षीय सम्बन्धलाई थप प्रवद्र्धन र पारस्परिक हितका लागि सहयोग गर्ने विषयमा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास लिएको बताए ।

तिब्बत आफैमा चित्रकला त्यसमा पनि बौद्ध धर्म सम्बन्धी कला सामग्रीहरू, मौलिक र परम्परागत तिब्बती लोकसंगीत, नृत्यका कारण धनी रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले यो कार्यक्रमले हिमाली सौन्दर्य , परम्परा र परिवर्तन जस्ता विषयवस्तुका बारेमा सबैलाई जानकारी गराउन तथा तिब्बतलाई नजिकबाट बुझ्न सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

प्रतिक्रिया