आइतबार, असार ८, २०८२

चङ्खेलीको मासिधारामा टेलिफोन सेवा अवरुद्ध

नेपालखोज २०८२ असार ८ गते ६:०९

सिमकोट (हुम्ला) । चङ्खेली गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवाअवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासी सञ्चारसेवाबाट वञ्चित भएका छन् ।

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छामको मासिधारामा रहेको टावर बिग्रेका कारण यही असार १ गतेदेखि सञ्चार सेवा अवरुद्ध भएको स्थानीय हिराबहादुर शाहीले बताए ।

टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, मासिधारा, दार्मा, पुमालगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ ।

फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने स्थानीयवासी कुसुम बुढाले बताए । उनले भने, ‘एक महिनादेखि टेलिफोनले काम गरिरहेको छैन, जिल्लाबाहिर रहेका आफन्तसँग फोनमा राम्रोसँग कुराकानी हुन पाएको छैन ।’ -रासस

प्रतिक्रिया