सोमबार, असार ९, २०८२

अध्यक्ष दाहाल र नवराज बाेहाेराबीच भेट

नेपालखोज २०८२ असार ९ गते १०:४९

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल र पैदल यात्री नवराज बोहोराबीच भेट भएकाे छ । सुर्खेतदेखि पैदल यात्रा गरी काठमाडौं आइपुगेका बोहोराले सोमबार बिहान अध्यक्ष दाहालसगँ भेट गरेका हुन् ।

बोहोरा वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लागेका छन् ।

याे क्रममा अध्यक्ष दाहालले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया