सोमबार, असार ९, २०८२

हात्तीद्वारा तीन घरमा क्षति, एक घाइते

नेपालखोज २०८२ असार ९ गते १४:४२

झापा । झापाको बिर्तामोड नगरपालिका-८ मा जङ्गली हात्तीले तीन वटा घरमा क्षति पुर्याएको छ ।

आज बिहान करिब ४ बजे बिर्तामोड-८ शुक्रबारे टोलमा आएका ३-४ जङ्गली हात्तीको समूहले स्थानीय तीन घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

हात्तीले बिर्तामोडका ५५ वर्षीय सुफल मनीको घरमा बाँसको टाटी भत्काउँदा करिब १० हजार रूपैयाँको क्षति भएको छ । भाग्ने क्रममा मनि सामान्य घाइते भएको बताइएको छ । उनीलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

त्यस्तै सोही स्थानका ५६ वर्षीय कृष्णप्रसाद उप्रेतीको सिमेन्टको पर्खाल भत्काउँदा करिब ५० हजार रूपैयाँ बराबरको क्षति भएको छ भने सोही स्थानकी ४३ वर्षीया शिवकुमारी मगरको आँगनमा रहेको भकारीबाट हात्तीले करिब १०० किलो चामल खाएर नोक्सानी पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हात्ती सोही स्थानको देउनिया खोलातर्फ गएको जनाइएको छ ।

प्रतिक्रिया