दरमखोला हाईड्रो इनर्जीको साधारण शेयरको बिक्री खुल्ला

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले साधारण शेयरको बिक्री खुल्ला गरेको छ । कम्पनीले असार नौं गते अर्थात सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ८८ हजार आठ सय ९० कित्ता साधारण शेयरको बिक्री खुल्ला गरेको हो ।
कम्पनीले गत जेठ २० गते प्रति सेयर एक सय रूपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँबराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
याे मध्ये जारीपुँजीको १० प्रतिशत अर्थात एक सय रूपैयाँ अंकित दरका १० लाख ३० हजार पाँच सय कित्ता आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्ला मुसिकोट नगरपालिका, बाग्लुङ जिल्ला गलकोट नगरपालिका, बाग्लुङ जिल्ला बडिगाड गाउँपालिकाका स्थानिय वासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको सेयरमध्येको १० प्रतिशत अर्थात एक सय रूपैयाँ अंकित दरका ५८ हजार तीन सय ९० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिनेछ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन बन्द छिटोमा असार २३ गते र ढिलोमा साउन ६ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्काशन बन्द असार २३ गते हुनेछ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
प्रतिक्रिया