अनलाइनखबरका सम्वाददातामाथि प्रहरीको दुर्ब्यवहार
काठमाडौं । नेपाल पत्रकार मञ्चका सदस्य तथा अनलाइनखबरका सम्वाददाता रोयल आचार्यमाथि प्रहरीले गरेको दुर्ब्यवहारप्रति नेपाल पत्रकार मञ्चले भत्र्सना गरेको छ । आचार्यलाई काठमाडौको बानेश्वरस्थित संसद भवन अगाडि प्रहरीेले दुर्ब्यवहार गरेको बताइएको छ ।
नेपाल पत्रकार मञ्चद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तीमा संविधान दिवसको पूर्वसन्ध्यामा नागरिकसँग प्रतिक्रिया लिने क्रममा नयाँ बानेश्वरस्थित संसद भवन नजिकै पत्रकार आचार्यले सर्वसाधारण बसन्त पौडेलसँग प्रतिक्रिया लिँदै गर्दा प्रहरी निरीक्षक डिल्लीराज सापकोटा नेतृत्वको टोलीले पौडेललाई बोल्न निषेध गरेकाले आम नागरिकलाई बोल्न निषेध गर्नु अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको महसुस भएको जनाइएको छ ।
विज्ञप्तीमा सर्वसाधारणसँग अन्तरवार्ता लिइरहेका पत्रकार आचार्यप्रति प्रहरीले गरेको दुर्ब्यवहारले प्रेस स्वतन्त्रताको हनन् मात्र भएको छैन, स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको धज्जी पनि उडाएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रहरी प्रशासनबाट भएका यस्ता हर्कतले सम्पूर्ण प्रेस जगत र मानवअधिकारको समेत हनन् भएको महसुस गर्दै घटनाको स्पष्ट छानबिन गरी दोषीमाथि कारबाहीका लागि पनि नेपाल पत्रकार मञ्चले सरकारसँग माग गरेको छ ।
प्रतिक्रिया