सत्तापक्षीय दलको बैठक बालुवाटारमा जारी
नेपालखोज
२०८२ असार १० गते १०:१३

काठमाडौँ । बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तापक्षीय दलहरूको बैठक बसेको छन् ।
आज आर्थिक वर्षको बजेटमाथि मन्त्रीहरूले जवाफ दिएर बजेट पारित गर्ने तयारी छ । विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेस एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् ।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्ण सिटौला, जनमतका सिके राउत, जसपाका अशोक राई, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ र लोसपाका महन्थ ठाकुर सहभागी छन् ।
सम्बन्धित
प्रतिक्रिया