मंगलबार, असार १०, २०८२

पहिराले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

नेपालखोज २०८२ असार १० गते ११:३७

सङ्खुसवासभा । सुक्खा पहिरोेका कारण उत्तर-दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी -किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको छ ।

मकालु गाउँपालिका-५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेत जानकारी दिए ।

आज बिहान करिब ६ बजे फ्याक्सिन्दा स्थित फ्याक्रेखोलाको पुलमा खसेको सुक्खा पहिरो खसेको थियो । जसका कारण खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्घ हुँदा मकालुको केही वडा र भोटखोला जाने यातायात अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक बस्नेत बताए ।

फ्याक्रेखोलाको पुलमा खसेको पहिरो हटाउन सुरु गरिएको उत्तर-दक्षिण कोशी सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले बताए ।

प्रतिक्रिया