बुधबार, असार ११, २०८२

०.२२ अंकले घट्दा पाँच अर्ब ७६ करोडको शेयर किनबेच

नेपालखोज २०८२ असार १० गते १५:३२

काठमाडौं । नेप्से झिनो अंकले घटेको छ । नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने ० दशमलव २२ अंकले घटेर २६ सय दशमलव ५३ अंकमा झरेको छ ।

नेप्सेमा आज ३१६ वटा कम्पनीको ६२ हजार सात सय ६६ पटकको कारोबारमा एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ७६ करोड ७८ लाख ९५ हजार एक रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समूहहरुको सूचक बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ९३ अंकले बढेर १ हजार ३३५ दशमलव ५९ अंकमा पुगेकोमा उत्पादनमुलक समूहको सूचक पनि २९ दशमलव ५७ अंकले बढेर सात हजार ३ दशमलव ५८ अंंकमा चढेको छ ।

यसैगरी लगानी, लघुवित्त र सामुहिक लगानी कोष समूहको सूचक पनि क्रमशः शुन्य दशमलव २९, ८ दशमलव ५७ र शुन्य दशमलव शुन्य पाँच अंकले बढेका छन् । विकास बैंक समुहको सूचक भने २२ दशमलव २४ अंकले घटेर पाँच हजार दुई सय ४२ दशमलव ६० अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक पनि १७ दशमलव ४६ अंकले घटेर २३ सय ३८ दशमलव ५६ अंकमा झरेको छ । जलबिद्युत समुहको सुचक पनि १५ दशमलव ६८ अंंकले घटेर तीन हजार ५२४ दशमलव ६७ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि १५ दशमलव ३६ अंकले घटेर १२ हजार चार सय ९६ दशमलव ५० अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ८८ अंंकले घटेर ११ हजार नौं सय १८ दशमलव २६ अंकमा झरेकोमा होटल तथा पर्यटन, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ६६ दशमलव ९९, दुई दशमलव ५२ र चार दशमलव शुन्य छ अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा ओम मेगाश्री फर्मासिटिकल्स लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने बुटवल पावर कम्पनी लिमिटेड परेको छ ।

प्रतिक्रिया