बुधबार, असार ११, २०८२

‘आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछ’

नेपालखोज २०८२ असार १० गते १५:५९

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएकाे जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा विकसित नवीनतम प्रविधिहरूको अधिकतम उपयोग गर्नेगरी कार्यक्रम तर्जुमा गरिएको उल्लेख गरे ।

मन्त्री गुरुङले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवम् प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको समेत उल्लेख गरे । उनले सूचना प्रविधिमार्फत आर्थिक सामाजिक रुपान्तरण एवम् आर्थिक समृद्धि हासिल गर्ने मन्त्रालयको दीर्घकालीन सोच रहेको बताए ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमा मन्त्रालय र यसअन्तर्गतका निकायका लागि सात अर्ब ७१ करोड ९९ लाख रूपैयाँ विनियोजन भएको उल्लेख गर्दै उहाँले उक्त बजेटको ७५ प्रतिशत चालुतर्फको अनिवार्य दायित्वको रकम भएको बताए ।

प्रतिक्रिया