बुधबार, असार ११, २०८२

माधव नेपालको बयान विशेष अदालतमा सुरु

नेपालखोज २०८२ असार ११ गते ११:३६

काठमाडाैं । पतञ्जली जग्गा प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालकाे बयान सुरु भएको छ ।

विशेष अदालतमा बुधबार न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।

नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

प्रतिक्रिया