अष्ट्रेलियाको मुद्रास्फीति दरमा क्रमिकरूपमा कमी

क्यानबेरा । अस्ट्रेलियाको मुद्रास्फीतिको वार्षिक दर मे महिनामा अपेक्षाभन्दा बढी घटेर सन् २०२५ को सबैभन्दा न्यून स्तरमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार भनेको छ कि उपभोक्ता मूल्य सूचकांक (सीपीआई) मे सम्मको १२ महिनाको अवधिमा २.१ प्रतिशतले बढेको छ, जुन यस वर्षको अप्रिलमा २.४ प्रतिशत र सन् २०२४ अक्टोबरमा सबैभन्दा कम वार्षिक रेकडै हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अर्थशास्त्रीहरूले उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) मे महिनामा २.३ प्रतिशतले बढ्ने अनुमान गरेका थिए ।
अस्ट्रेलियाको रिजर्भ बैंक अफ अस्ट्रेलियाको आन्तरिक मुद्रास्फितिको प्राथमिकताको मापन, वार्षिक कटौती गरिएको औसत दर अप्रिलमा २.८ प्रतिशतबाट घटेर मे सम्मको १२ महिनाको अवधिमा २.४ प्रतिशतमा झरेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अर्थशास्त्रीहरूले यस वर्ष मे महिनामा उपभोक्ता मूल्य सूचकाङ्क २.३ प्रतिशतले बढ्ने अनुमान गरेका थिए । अष्ट्रेलियाको रिजर्भ बैङ्कको अन्तर्निहित मुद्रास्फीतिको वार्षिक औसत मापन यस वर्षको अप्रिलमा २.८ प्रतिशतबाट घटेर १२ महिनाको अवधिमा २.४ प्रतिशतमा झरेको छ ।
एबीएसका तथ्याङ्क प्रमुख मिचेल माक्र्वार्टले नोभेम्बर २०२१ पछि वार्षिक छाँटकाँट गरिएको औसत मुद्रास्फीतिको सबैभन्दा कम दर हो । एबीएसले मे महिनामा खाद्य, मादक पेय पदार्थ, आवास, रक्सी र सुर्र्तीजन्य पदार्थले सिपिआईको वृद्धिमा सबैभन्दा ठूलो योगदान दिएको बताएको छ ।
अप्रिलमा ३.१ प्रतिशत रहेको खाद्य र मादक पदार्थको मूल्य गत बर्षको १२ महिनाको अवधिमा थप २.९ प्रतिशतले बढेको छ ।
गत बर्षको अप्रिलमा ५.० प्रतिशत कायम रहेको भाडा मे महिना अर्थात् बितेका १२ महिनामा ४.५ प्रतिशत कायम भएको छ र यो डिसेम्बर २०२२ पछि सबैभन्दा कम वार्षिक वृद्धि हो ।
वृद्धिहरूमा १२ महिनामा बिजुलीको मुल्यमा ५.९ प्रतिशतले गिरावट आएको थियो, जुन सरकारी छुटहरूद्वारा सञ्चालित थियो । मोटर तथा इन्धनको मूल्य समान अवधिमा १० प्रतिशतले घटेर सेप्टेम्बर २०२२ पछि सबैभन्दा कम अवस्थामा पुगेको छ ।
प्रतिक्रिया