मेटलाइफसँग जीवन बिमा सुरक्षा पुन: सक्रिय गर्न आजै पहल गर्नुहोस्

काठमाडौं । मेटलाइफ नेपालले आफ्नो वार्षिक बिमालेख पुनर्जागरण अभियान सुरु गरेको छ । जसअन्तर्गत ग्राहकहरूलाई आफ्ना व्यतित जीवन बिमा पोलिसीहरू पुनः सक्रिय गरी भविष्य सुरक्षित राख्ने अवसर प्रदान गरिएको छ ।
यस अभियान अन्तर्गत, म्याद नाघेको पाँच वर्षभित्रको पोलिसीमा १०० प्रतिशत विलम्ब शुल्क मिनाहा गरिएको छ भने पाँच वर्षभन्दा बढी समयदेखि व्यतित भएका पोलिसीहरूमा ६० प्रतिशत विलम्ब शुल्क मिनाहा गरिनेछ ।
यसले ग्राहकहरूलाई पोलिसी पुनः सक्रिय गर्न सहयोग पुर्याउँछ, जसले दीर्घकालीन आर्थिक सुरक्षातर्फको प्रतिबद्धता कायम राख्न मद्दत गर्छ ।
बिमालेख पुनर्जागरण गर्ने प्रक्रिया सहज र पहुँचयोग्य बनाइएको छ । आवेदन फारम कम्पनीको वेबसाइटमा उपलब्ध छ भने प्रिमियम भुक्तानी इ-सेवा, कनेक्ट आइपीएस, वा वन बाई मेटलाइफ एपमार्फत गर्न सकिन्छ ।
मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भन्छन, ‘यो अभियान हामीले ग्राहकलाई सुरक्षित राख्ने र आत्मविश्वासका साथ भविष्यका योजना बनाउन सहयोग पुर्याउने हाम्रो निरन्तर प्रयासको एक हिस्सा हो । सबै योग्य पॉलिसीहोल्डरलाई यस अवसरको लाभ लिन हामी आग्रह गर्छौं ।’
थप जानकारीका लागि ग्राहकले मेटलाइफ कस्टमर सेवा ०१-५९७०१६६ मा सम्पर्क गर्न वा नजिकको मेटलाइफ कार्यालयमा जान सकिने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया