बुधबार, असार ११, २०८२

दिल्लीको कारखानामा आगलागी हुदाँ तीन जनाको मृत्यु

नेपालखोज २०८२ असार ११ गते १६:३५

नयाँदिल्ली । मङ्गलबार राति उत्तर–पश्चिम दिल्लीको रिठाला क्षेत्रमा प्लास्टिक कारखानाभित्र ठूलो आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।

दिल्ली अग्नि सेवाका वरिष्ठ अधिकारी एके जयसवालका अनुसार घाइतेहरूलाई उपचारका लागि स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको बताउदै सबै पीडितहरू सोही कारखानामा काम गर्ने कामदार हुन् ।

अहिले आगो नियन्त्रणमा आइसकेो छ । घटनास्थलमा पुगेका १६ दमकल, प्रहरी अग्नि नियन्त्रक र स्थानीयको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको कारखानामा दुर्घटनाको समयमा प्लास्टिक र कपडामा लोगो तथा तस्वीरहरू प्रिन्ट गर्ने कामदार रहेका जयसवालले बताए ।

उनले भने, उद्धारकर्मीले आगलागी पछिको खोजी अभियानका क्रममा घटनास्थलबाट तिनवटा जलेका शवहरू बरामद गरेको छ । आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन।

प्रतिक्रिया