तटबन्धले जोगायो घर खेत

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका–१२ को हरीपौरी निवासी मञ्जु आचार्यलाई ग्वारखोला गाउँमा पस्छ, की भन्ने पिरलो थियो । ग्वारखोलाले जमिन काटेर गाउँमै पस्लाजस्तै गरेको थियो ।
यही पीर सोही ठाउँका रूपसिंह चौधरीलाई पनि थियो । गाउँमा बाढी पस्ने चिन्ता मात्रै होइन रोपेको धान समेत बर्सेनि बगाउँदा उनी निकै चिन्तित थिए ।
यस्तै समस्याले गर्दा सोही वडाको हरीपौरी मात्रै होइन, जसपुर, गर्गरे, बेलान्नेलगायतका बासिन्दालाई बर्सेनि पिरोल्थ्यो । तर, अब त्यो समस्या रहेन ।
ग्वारखोलामा यस वर्ष तटबन्ध निर्माण भइसकेको छ । त्यो तटबन्धले गाउँ पनि सुरक्षित त हुने नै भयो जग्गा पनि सुरक्षित गरेको छ । तटबन्ध निर्माण भएपछि त्यहाँका १०० घर सुरक्षित भएका छन् ।
विगतमा यो रोगजस्तै भए पनि तटबन्ध निर्माण भएपछि अब सहज भएको तुलसीपुर–१२ का वडाध्यक्ष खुसीराम चौधरीले बताउनुभयो । त्यहाँको ६०० मिटर तटबन्ध निर्माण भएको हो ।
गएको वर्ष वडा नं १२ मै ३०० मिटर तटबन्ध भएको हो । सिँचाइ डिभिजन कार्यालय दाङको लागतमा तटबन्ध निर्माण भएको हो । सोही वडामा अझै ७०० मिटर तटबन्ध भएको छ । -रासस
प्रतिक्रिया