शुक्रबार, असार १३, २०८२

गाजामा इजरायली ड्रोन आक्रमणमा १८ प्यालेस्टिनीको मृत्यु

नेपालखोज २०८२ असार १३ गते ७:४३

काठमाडाैं । इजरायली ड्रोन आक्रमणमा कम्तीमा १८ प्यालेस्टिनीको मृत्यु भएको एक डाक्टर र प्रत्यक्षदर्शीले बताएका छन् ।मध्य गाजाको देइर अल-बलाह क्षेत्रमा हमासको प्रहरी इकाईले बजार नियन्त्रण गर्ने प्रयास गरिरहेको बेला आक्रमण भएको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार ड्रोनहरूले सादा पोशाक र मास्क लगाएका हमास प्रहरी बलका सदस्यहरूलाई लक्षित गरेका थिए। उनीहरू बजारमा पसलेहरूसँग कुरा गरिरहेका थिए। ट्रकबाट लुटिएका सामानहरू बेच्ने र बढी मूल्य लिने आरोप लगाइएको थियो ।

हमास नियन्त्रित गृह मन्त्रालयले आक्रमणको निन्दा गर्दै इजरायलले ूसार्वजनिक व्यवस्था कायम राख्नेू प्रहरी युनिटमाथि आक्रमण गरेर अपराध गरेको बताएको छ । बीबीसीबाट

प्रतिक्रिया