शनिबार, असार १४, २०८२

नेपाली, भारतीय पत्रकारहरूद्वारा सीमापार जलवायु र प्रकोप रिपोर्टिङलाई सुदृढ पार्न सहकार्य

नेपालखोज २०८२ असार १३ गते १८:३२

काठमाडौं । ‘नेपाल–भारत सन्दर्भमा सीमापार जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरण (डिआरआर) रिपोर्टिङको सुदृढीकरण’ शीर्षकको चार दिने क्षेत्रीय कार्यशाला शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ । यस कार्यशालाले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु र विपद् रिपोर्टिङलाई अगाडि बढाउन नेपाल र भारतका मिडिया व्यवसायीहरूलाई महत्वपूर्ण उपकरणहरू, डिजिटल सीपहरू र सहयोगी रणनीतिहरू प्रदान गर्नेछ ।

युनेस्को नेपालसँगको सहकार्यमा युथ इनोभेसन ल्याब (वाईआई–ल्याब) द्वारा आयोजित यस पहलले हिमनदीयुक्त ताल फुटेर आएको बाढी (जीएलओएफ), दिगो स्रोत निकासी, चरम मौसमी घटनाहरू, र जलवायु–प्रेरित प्रकोपहरूका कारण हुने साझा सीमापार जलवायु जोखिमहरूको बारेमा रिपोर्टिङ्ग गर्ने क्षमता बढाउन नेपालबाट १५ जना र भारतबाट ५ जना गरी जम्मा २० जना पत्रकारहरूलाई एकसाथ सहभागी गराएको थियो । कार्यशालाले एआई–सहायता प्राप्त पत्रकारिता, डेटा–सञ्चालित कथा कथन, तथ्य–जाँच, रिपोर्टिङमा सीमापार सहकार्य, र जनचेतना र नीतिगत बहसलाई आकार दिन मिडियाको नैतिक जिम्मेवारीहरूमा जोड दिएको थियो ।

उद्घाटन सत्रमा, कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी दिनेश प्रसाद भट्टले भने, “सीमापार जलवायु र विपद् चुनौतीहरूलाई सम्बोधन गर्न नेपाल र भारतबीच बलियो समन्वय र सहयोग आवश्यक छ । उनले यस प्रयासलाई हरसम्भव सहयोग गर्ने आफ्नो व्यक्तिगत प्रतिबद्धता पनि व्यक्त गरे ।

यस अवसरमा, नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले जलवायु उत्थानशीलता प्रवद्र्धनमा मिडियाको महत्वपूर्ण भूमिकालाई जोड दिएः ‘संयुक्त मिडिया पहलहरूले सूचनाको खाडल कम गर्न पुलको काम गर्ने, प्रकोप नीतिलाई प्रभाव पार्ने र बालुवा उत्खननजस्ता दिगो अभ्यासहरू वरिपरि जवाफदेहिता प्रवद्र्धन गर्न सक्छन् ।’

सहभागीहरूलाई स्वागत गर्दै, वाईआई–ल्याबका बोर्ड निर्देशक, सन्तोष क्षेत्रीले नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई संस्कृति, मित्रता र सीमानाका माध्यमबाट मात्र नभई साझा नदी र पारिस्थितिक प्रणालीमार्फत पनि प्रकाश पारे । उनले दुई देशबीच जलवायु परिवर्तन र जोखिम प्रकोपसँग सम्बन्धित जानकारी र तथ्याङ्कको समयमै आदानप्रदान गर्न आह्वान गरे ।

कार्यशालाको सुरुवात ‘सीमाविहीन कथाहरूः नेपाल–भारत सन्दर्भमा जलवायु परिवर्तन र जोखिम प्रकोपलाई सम्बोधन गर्न मिडिया सहकार्यलाई सुदृढ पार्ने’ शीर्षकको उच्चस्तरीय प्यानल छलफलबाट भएको थियो । यस छलफलको सञ्चालन नेपाल राष्ट्रिय आयोगको तर्पmबाट युनेस्कोका लागि, नम्रता शर्माले गरेकी थिइन् जसमा भट्ट, डु टोइट र वरिष्ठ भारतीय वातावरण पत्रकार आलोक गुप्तालगायतका प्यानलका सदस्यहरू सहभागी थिए ।

प्यानल छलफलले नेपाल र भारतबीच सीमापार जलवायु परिवर्तन र जोखिम प्रकोप न्यूनीकरणका मुद्दाहरूलाई प्रवद्र्धन गर्न व्यावसायिक र व्यक्तिगत दुवै स्तरमा सहकार्य गर्ने सहभागीहरू बीचको साझा प्रतिबद्धतालाई प्रकाश पारेको थियो । यसले सीमापार वातावरणीय जोखिमहरूलाई सम्बोधन गर्न संयुक्त मिडिया कार्यको तत्काल आवश्यकतामा जोड दियो र क्षेत्रभरि सहयोगी जलवायु रिपोर्टिङलाई अगाडि बढाउन चुनौती र अवसरहरू दुवैको अन्वेषण गरियो ।

चार दिन लामो कार्यशालामा विज्ञहरूको नेतृत्वमा सत्रहरू र व्यावहारिक प्रशिक्षणको गहन मिश्रण प्रदान गरिएको थियो । डा. बसन्त राज अधिकारीले ‘स्पष्टतासँग जलवायु विज्ञान सञ्चार गर्ने’ प्रविधिहरूमाथि प्रकाश पार्नुभयो, त्यसपछि ईसिमोडकी नीरा श्रेष्ठ प्रधानले ‘हिन्दुकुश हिमालयमा सीमापार जलवायु जोखिमहरू’ का बारेमा प्रकाश पारे ।’

डिआरआर र जलवायु परिवर्तनबारे भ्रामक सूचनाको सामना गर्ने” विषयक सत्रमार्फत उपस्थित पत्रकारहरूले भ्रामक सूचनाको प्रतिरोध गर्ने आफ्नो क्षमतालाई तिखारे र नेपालका युवा जलवायु अधिवक्ता ताशी ल्हाजोम र भारतकी चन्द्राणी सिन्हासँग ‘जमिनबाट अनुभव साझेदारी’ मा अग्रपङ्क्तिको दृष्टिकोण प्राप्त गरे ।

सन्तोष क्षेत्रीको ‘पाठक–केन्द्रित जलवायु कथा कथन’ र वरिष्ठ पत्रकार कनकमणि दीक्षितको “कूटनीति, सन्धि र सीमापार पत्रकारिता” सम्बन्धी सत्रहरूले गहिरो नैतिक र कथात्मक दृष्टिकोणमाथि प्रकाश पु¥यायो ।

प्रतिक्रिया