‘माधव नेपाललाई प्रतिशोधका आधारमा फसाउन खोजियाे’

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले पार्टी पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाललाई प्रतिशोधका आधारमा फसाउन खोजेको निष्कर्ष निकालको छ ।
शुक्रबार पार्टी कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले पार्टीविरुद्धको षड्यन्त्रको श्रृंखलाको रुपमा अध्यक्षमाथि झूटो मुद्दा लगाएको निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
उनले षड्यन्त्रमूलक र योजनाबद्ध ढंगले पार्टीलाई कमजोर बनाउनको लागि मुद्दा लगाइएको उल्लेख गरे । उनले प्रतिशोधका साथ लगाइएको मुद्दा भएकाले अदालतबाट सफाइ पाउने विश्वास रहेको धारणा राखे ।
त्यस्तै उहाले अध्यक्ष नेपालले पार्टी अध्यक्ष कै रुपमा काम गर्ने र संसदीय दलको नेताका बिषय भने दलको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष माधव नेपालले पतञ्जली जग्गाका बिषयमा विस्तृत रुपमा जानकारी गराउनुभएको थियोे । बैठकले उखु किसान उत्पादकलाई दिँदै आएको अनुदान बन्द गर्ने निर्णय फिर्ता लिन माग गरेको छ ।
त्यस्तै धान रोपाइको समयमा मलको अभाव भएकाले यथासिघ्र मल बितरण गर्न माग गरेको छ भने मनसुनका समयमा हुन सक्ने बिपद्लाई ध्यान दिई प्रभावकारी तयारी गर्न सरकारसंग माग गरेको प्रवक्ता ज्वालले बताए । बैठक पनि शनिबार निरन्तर चल्ने ज्वालाले बताए ।
प्रतिक्रिया