असारको तेस्रो साताभित्रै भुक्तानी माग गर्न अनुरोध
नेपालखोज
२०८२ असार १४ गते ७:१४

वीरगञ्ज । पूर्वाधार विकास कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१र८२ मा सम्झौता भएका योजनाहरूको भुक्तानी चालु आर्थिक वर्ष सम्पन्न हुनुभन्दा एक साताअघिसम्म मात्र भुक्तानी हुने जनाएको छ ।
कार्यालयले आव २०८१र८२ मा सम्झौता भएका योजनाहरूको भुक्तानीको लागि आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम, ३० ९७० र ९८० बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगाडीसम्म मात्र भुक्तानी हुने बताएको छ ।
पूर्वाधार विकास कार्यालय वीरगञ्जका कार्यालय प्रमुख लालबाबु रायले असार महिनामा भुक्तानी कार्यमा अत्यधिक चाप हुने र आइपिएफएम प्रणालीमा पनि सोहीअनुरूप चाप पर्ने भएकाले यस कार्यालयमा सम्झौता भएका योजनाहरूको भुक्तानीको लागि आवश्यक कागजातहरू तोकिएको समयभित्रै पेस गर्नका लागि अनुरोध गरेका छन् । -रासस
सम्बन्धित
प्रतिक्रिया