शनिबार, असार १४, २०८२

एसइईको नतिजामा सुधार विद्यार्थी र शिक्षकको मेहनतले आएको हो : प्रधानमन्त्री ओली

नेपालखोज २०८२ असार १४ गते १४:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा ९एसइई०को नतिजामा आएको सुधार विद्यार्थी र शिक्षकको मेहनतका कारणले सम्भव भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वर्ष अहिलेको तुलनामा अझ राम्रो नतिजा ल्याउनका लागि प्रयास गरिने समेत उल्लेख गरे ।

एसइईको नतिजामा सुधार ल्याउन मेहनत गर्ने विद्यार्थी र शिक्षकलाई शुभकामना व्यक्त गर्दे उनले भने, ‘धेरै वर्षपछि एसइईको नतिजामा सुधार देखिनु खुसीको अवसर हो, ४८ प्रतिशतभन्दा कमको अवस्थाबाट ६१ दशमलव ८१ प्रतिशत सफल हुनु राम्रो हो ।’

प्रधानमन्त्री ओलीले यो नतिजामा पनि केहीले भने नकारात्मक टिप्पणी गरेको उल्लेख गर्दै यो नतिजा र मेहनतलाई अपमान नगर्न आग्रह गरे ।

प्रतिक्रिया