गुल्मीमा करेण्ट लागेर युवकको मृत्यु
नेपालखोज
२०८२ असार १४ गते १४:३६

गुल्मी । गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-७ वाग्लाका ४० वर्षीय झबिन्द्र घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।
धुर्कोट गाउँपालिका-७ द्वानेटामा रहेको राष्ट्रिय प्रशारणलाइनको पोलमा चढेर विद्युत् मर्मत गर्ने क्रममा घिमिरेलाई आज बिहान करेण्ट लागेको थियो । करेण्ट लागेर घाइते भएका घिमिरेको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा आज अपरान्ह मृत्यु भएको प्रहरी नायव उपरिक्षक सारुले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गुल्मी बितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले घिमिरे कार्यालयको कर्मचारी नभएको बताए ।
सम्बन्धित
प्रतिक्रिया