‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठी, प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारी सहभागी
नेपालखोज
२०८२ असार १४ गते १५:२५

काठमाडौं । जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले यहाँ अयोजना गरेको ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठी सुरु भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विशेष अतिथिका रुपमा सहभागी थिए ।
एमालेका तत्कालीन महासचिव जननेता भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुङ्गा सवारी दुर्घटनामा निधन भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया