सोमबार, असार १६, २०८२

ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित व्यक्ति नियन्त्रणमा

नेपालखोज २०८२ असार १५ गते १४:१०

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट असार १४ गते सशस्त्र प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारत घर बताउने ३५ वर्षिय गणेश शर्मालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीले सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

बीआर ५० एए ८३६७ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि जाँच गर्दा उनको साथमा प्लाष्टिकले बरेर राखिएको ६.६ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको थियो ।

नियन्त्रणमा लिएका शर्मालाई बरामद लागूऔषतसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

प्रतिक्रिया