सोमबार, असार १६, २०८२

सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने सचेतक घिमिरे चेतावनी

नेपालखोज २०८२ असार १५ गते १४:५३

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने चेतावनी दिएका छन्

आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुबीच आरोप प्रत्यारोप भएपछि घिमिरेले संसदको आकस्मिक समयको दुरुपयोग गर्दै गालीगलौज गर्ने भएको भन्दै यस्ता कार्य बन्द नभए प्रतिवादमा उत्रने चेतावनी दिएका हुन् । सदनमा तल्लोस्तरको गालीलगौज गर्ने कामले संसदको मर्यादा कायम हुन नसक्ने उहाले बताए ।

घिमिरेले संसदको मर्यादाबिपरित अभिव्यक्ति दिने संसदहरुलाई बोल्नबाट बञ्चित गर्नुपर्ने उल्लेख गरे ।

त्यस्तै माओवादी सांसद अमनलाल मोदीले सदनमा अमर्यादीत शव्द व्यक्त भएको भन्दै आपत्ति जनाए । उनले रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाको अभिव्यक्ति गैरसंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरे ।

प्रतिक्रिया