सोमबार, असार १६, २०८२

कोशी प्रदेशमा स्वास्थ्य पर्यटनको अपार सम्भावना

नेपालखोज २०८२ असार १५ गते १४:५९

काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजनामा सम्पन्न दोस्रो स्वास्थ्य पर्यटनमार्ट-२०८२ ले कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा स्थापितगर्ने स्पष्ट संकेत दिएको छ । झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजितयो दुईदिने भव्य कार्यक्रमले स्वास्थ्य सेवा र पर्यटन क्षेत्रको सहकार्यलाईबलियो बनाउँदै कोशी प्रदेशलाई ‘हेल्थ टुरिजम हब’ बनाउने सम्भावनामा गहिरोविश्वास जगाएको छ ।

कोशी प्रदेशको सामथ्र्य र प्रतिवद्धताकोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सडानन्द मण्डलले उद्घाटन मन्तव्यमा कोशीको समृद्धिको मेरुदण्ड पर्यटन नै भएको उल्लेख गर्दैस्वास्थ्य पर्यटनप्रति सरकार गम्भीर रहेको बताए ।

मार्टमा आँखा, दन्त, छाला र आयुर्वेदिक उपचार सेवा दिने अस्पतालहरू, होटलव्यवसायी, पर्यटन सेवा प्रदायक, औषधालय तथा विभिन्न निकायहरूका गरी ४८ वटास्टलहरू राखिएका थिए । साथै, कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूकोफोटो प्रदर्शनीले मार्टलाई थप आकर्षक बनाएको थियो । फिनल्याण्डदेखि विराटनगरसम्म चार्टर्ड फ्लाइटमार्फत उपचार गर्न आएकाविदेशीको अनुभवदेखि सीमावर्ती भारतीय पर्यटकहरूको नियमित आउजाउसम्मकाउदाहरणहरूले कोशीको क्षमताको पुष्टि गरेका छन् ।

नीतिगत छलफल र सहकार्यको सुरुवातस्वास्थ्य पर्यटनको सम्भावना, चुनौती र सुधारका विषयमा केन्द्रित दुईवटा प्यानल छलफल मार्टका क्रममा गरिएको थियो । पहिलो सत्रमा आँखा रोग विशेषज्ञडा. अजितकुमार ठाकुर, क्यान्सर रोग विशेषज्ञ डा. विरेन्द्रकुमार शर्मा,पर्यटन बोर्डका निमित्त निर्देशक रोहिणी खनाल, र भारतका पर्यटन व्यवसायीदेवाशिष चक्रवर्तीले संयुक्त रुपमा स्वास्थ्य सेवा र पर्यटन प्रवद्र्धनकोसम्भावना र खाका प्रस्तुत गरे ।

दोस्रो सत्र ‘सीमापार पर्यटन’ शीर्षकमा सम्पन्न प्यानल छलफलमा नेपालकांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङ, नाटा कोशी प्रदेशकापूर्व अध्यक्ष उदयकुमार श्रेष्ठ, एचएचटीडीएनका महासचिव सम्राट सिग्देल रबोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सीमा पार पर्यटनमा नीति, पूर्वाधारर सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

स्वास्थ्य पर्यटन प्रवद्र्धनको अर्को महत्वपूर्ण नेपाल र भारतका पर्यटनव्यवसायीबीच सम्पन्न बीटुबी बैठक हो । भारतका २५ भन्दा बढी प्रतिनिधिकोसहभागिताले भविष्यमा उपचार प्याकेज निर्माण, लगानीका सम्भावना र सहकार्यकारणनीतिमा नयाँ आधार तय गर्ने विश्वास गरिएको छ ।

विज्ञहरूको धारणाः कोशी तयार छ
आँखा रोग विशेषज्ञ डा. ठाकुरले नेपालकै उच्च पदस्थ व्यक्ति तथा भारतकाविशिष्ट व्यक्तित्वले आँखा उपचारका लागि नेपाल रोज्ने गरेको अनुभव सुनाए ।

‘हामी पूर्वाधार, जनशक्ति र गुणस्तरका हिसाबले तयार छौं,’ उनले भने । त्यसैगरी क्यानसर रोग विशेषज्ञ डा. शर्माले प्रचारको अभावका कारण हाम्रोस्वास्थ्य पर्यटनमा सकेजति प्रगति हुन नसकेको धारणा राखे ।

उनी भन्छन्, ‘भारतको तुलनामा सस्तो र गुणस्तरीय सेवा दिन सक्ने हाम्रो क्षमता छ । तरप्रचार अभाव छ ।’

बोर्डका निमित्त निर्देशक रोहिणी खनालले स्वास्थ्य पर्यटनलाई नयाँएभिन्यूका रूपमा अघि बढाउँदै नेपालको हिलिङ वातावरण र हिमाली प्रभावलाईअन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रुपमा प्रस्तुत गर्नुपर्ने बताए ।नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले स्वास्थ्य पर्यटनलाईनेपालको आर्थिक विकासको रणनीतिक मार्गको रूपमा चित्रण गरेका छन् । उनलेनिजी तथा सार्वजनिक क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

‘स्वास्थ्य सँगसँगै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ सम्पन्नयो मार्टले कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा, शान्त प्राकृतिकवातावरण, सीमापार पहुँच, तथा सरकारी इच्छाशक्तिको समिश्रणमार्फत नेपाललाईस्वास्थ्य पर्यटनको उदीयमान गन्तव्य बनाउने दिशामा पहलको सुरुवात गराएको छ ।

प्रतिक्रिया