सोमबार, असार १६, २०८२

इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्धको मुद्दा ‘राजनीतिक प्रतिशोध’ का रूपमा आएको ट्रम्पको भनाइ

नेपालखोज २०८२ असार १५ गते १६:३५

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार (अमेरिकी स्थानीय समय) इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विरुद्धको मुद्दाको निरन्तरता ‘राजनीतिक प्रतिशोध’ का रूपमा आएको बताएका छन् ।

अनादोलु एजेन्सीका अनुसार इजरायली प्रधानमन्त्री नेतान्याहु हाल घुसखोरी, ठगी र विश्वासघातको आरोप सहितको केस १,०००, २,००० र ४,००० भनेर चिनिने तीन अलग-अलग कथित भ्रष्टाचार आरोपको मुद्दामा छन् । यद्यपि नेतान्याहुले सबै आरोपलाई ‘नक्कली’ भन्दै अस्वीकार गर्दै आएका छन् ।

ट्रुथ सोसलमा एक पोस्टमा दुःख व्यक्त गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले, ‘यो एक डरलाग्दो अवस्था हो जहाँ इजरायली प्रधानमन्त्रीले हमाससँग सम्झौता वार्ताको बीचमा अदालतमा समय बिताउनुपर्ने अवस्था छ’ भने ।

कार्यको अन्यायपूर्ण प्रकृतिलाई जोड दिँदै ट्रम्पले ‘न्याय’ को उपहासले इरान र हमास दुवै वार्तामा हस्तक्षेप गर्ने बताए ।

सन् २०२० मे महिनामा सुरु भएको नेतान्याहुको मुद्दा, पहिलो पटक इजरायली प्रधानमन्त्रीले आपराधिक प्रतिवादीको रूपमा उभिएको छ र इजरायली कानूनअन्तर्गत नेतन्याहु सर्वोच्च अदालतले दोषी ठहर नगरेसम्म राजीनामा दिन बाध्य नहुने अनादोलु एजेन्सीले बताएको छ ।

यसबाहेक हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले पनि इजरायली प्रधानमन्त्रीविरुद्ध ‘मानवता विरुद्धको अपराध र युद्ध अपराध’ को आरोप लगाउँदै गिरफ्तारी वारेन्ट जारी गरेको थियो ।

प्रतिक्रिया